नेपाल प्रहरीद्वारा एकै दिनमा ११ हजार माक्स वितरण

काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ११ हजार ९० जनालाई माक्स वितरण गरेको छ । प्रहरीले कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सुरु गरेको ‘तपाईंको मास्क खोई ?’ अभियानअन्तर्गत उक्त माक्स वितरण गरेको हो ।
कोरोनाबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै प्रहरीले संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेको थियो ।
गत वैशाख ६ गतेदेखि सञ्चालन भएको उक्त अभियानअन्तर्गत हाल देशभर १४ लाख ७९ हजार ५६५ लाई निःशुल्क माक्स वितरण गरिसकेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समचार कक्षले जनाएको छ ।
माक्स वितरण अभियानबाहेक प्रहरीले देशभर सञ्चालन गरेको माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ६५ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १३ हजार २९ लाई सचेत गराएको छ ।











नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया