चीनको जनसंख्या वृद्धि इतिहासकै न्यून

बेइजिङ । चीनमा सन् २०२१ मा जन्म दरमा निकै गिरावट आएको छ । जन्मदरमा गिरावटसँगै वृद्धवृद्धाको संख्या बढ्दा आर्थिक वृद्धिमा असर देखिन थालेको विज्ञहरुले बताएका छन् । दुई सन्तान नीतिका बाबजुद चीनको जनसंख्या अहिलेसम्मकै न्यून देखिएको हो ।
विश्वकै ठूलो अर्थतन्त्र भएको देश चीनमा सन् २०२१ मा प्रति एक हजारमा ७ दशमलब ५२ जनाको जन्म हुने गरेको चीनको राष्ट्रिय तथ्यांक व्युरोले जनाएको छ । यसअघि सन् २०२० मा प्रति हजारमा ८ दशमलव ५२ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको जन्म दर सन् १९४९ मा चीनको स्थापनापछिको अहिलसम्मकै न्यून हो ।
चीनमा सन् २०१६ देखि दुई सन्तान जन्माउन अनुमति दिइएको छ र परिवार नियोजनसम्बन्धी नियम खुकुलो बनाइएको छ । तर, पनि चिनियाँ दम्पत्तीमा एकभन्दा बढी सन्तान जन्माउने इच्छा बढेको देखिदैन् ।
सन् २०२१ मा चिनियाँ अधिकारीहरुले दम्पत्तीलाई तीन सन्तानसम्म जन्माउन अनुमति दिएका थिए । सरकारी तथ्यांकअनुसार सन् २०२१ मा एक करोड ६२ लाख शिशु जन्मिएका थिए ।
तथ्यांकअनुसार राष्ट्रिय जनसंख्या बृद्धि प्रति एक हजार जनामा १ दशमलव ४५ बाट शून्य दशमलब ३४ प्रतिशतमा झरेको छ । जनसंख्याको चुनौती सर्वविविधै छ, तर बृद्ध जनसंख्याको गति अनुमान गरेभन्दा तीव्र छ,’ पिनपोइन्ट असेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झिवी झाङले भने ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया