वैद्यले भने– प्रचण्ड र विप्लव उस्तै उस्तै, मोहनविक्रम र विप्लव ‘एक्लेबीरजस्तो’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द ‘विप्लव’ उस्तैउस्तै रहेको आरोप लगाएका छन् ।
सोमवार माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध नेता कार्यकर्ताको नेकपा (क्रान्तिकारी माओवादी)मा पुनर्मिलन कार्यक्रममा बोल्दै वैद्यले प्रचण्ड र वैद्यले क्रान्तिकारी धारमा विचलन ल्याउने काम गरेको टिप्पणी गरे ।
‘आखिरमा उहाँ (विप्लव)ले जनमतसंग्रहबाट समाजवाद आउँछ भन्नुभयो,’ वैद्यले प्रश्न गरे, ‘प्रचण्डजीले पनि शान्तिपूर्ण तरिकाबाट समाजवाद आउँछ भन्नु भएको छ । आखिर प्रचण्डजी र विप्लवजीको रहेछ के त ?’
शान्तिपूर्ण तरिकाबाट र निर्वाचन गरेर समाजवाद आउँछ भन्ने कुरा माक्र्सवादमा लागू नहुने उनको भनाई थियो ।
जनवादी क्रान्तिको पक्षमा रहेका क्रान्तिकारी पार्टीहरुबीच एकताको लागि गरेको प्रयास सफल नभएको पनि वैद्यले स्पष्ट गरे ।
आफूहरुले खासगरी मोहनविक्रम सिंह नेतृत्वको मसाल, विप्लव नेतृत्वको नेकपा तथा ऋषि कट्टेल नेतृत्वको नेकपासँग एकताको प्रयास गरिएको भए पनि सफल नभएको पनि वैद्यले जानकारी दिए ।
वैद्यले सिंह र विप्लव एक्लेबीरजस्तो भनी टिप्पणी गरे । ‘दुवै नेता अरुका कुरा नसुन्ने र आफै एक्लेजीबरजस्तो लाग्यो ।’– वैद्यले भने ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया