दक्षिण कोरियामा कामदार पठाउन चर्को दवावः मन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफूमाथि दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव परेको बताएका छन् ।
इपीएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दवाव परिरहेको खुलासा गरेका हुन् ।
सोमबार पार्टी निकट युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले इपीएस प्रणाली पास गरेर बसेकाहरुलाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दवावलाई बेवास्ता गरिरहेको बताए ।
मन्त्री श्रेष्ठले इसिएस प्रणाली पास गरेकाहरुलाई आफूले एक हप्ता भित्रै कोरिया पठाउन चाहेको पनि स्पष्ट पारे ।
उनले त्यसका लागि कोरियाली समकक्षीसँग फोन वार्ताको प्रयास भईरहेको पनि बताए ।
मन्त्री श्रेष्ठले आफूले ईपिएस प्रणालीबाट पास गरेकाहरुलाई कोरिया पठाउने कामलाई पहिलो प्राथमिकता दिएको पनि पटकपटक दोहो¥याए ।
यता, पीडितहरुले भने तत्काल कोरिया पठाउने व्यवस्था गर्न मन्त्री श्रेष्ठलाई दवाव दिएका थिए ।
लुम्विनी प्रदेशकी भावना बस्नेतले तत्काल आफूहरुलाई कोरिया पठाउने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठसँग आग्रह गरिन् । उनले कामदार छनौंटमा पनि महिलाहरुमाथि विभेद हुने भन्दै त्यसको अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।
बागमती प्रदेशका अनमोल भट्टराईले कोभिड संक्रमण हुन नदिनेगरी विदेश जानेहरुलाई बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे ।
उनले सरकारले आफ्ना नागरिकलाई प्रक्रिया पूरा गरेर पनि विदेश पठाउने काममा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।
भट्टराईले भीडको बीचमा कोभिड परीक्षण गर्नुको कुनै अर्थ नहुनेतर्फ पनि बताइन् ।


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया