मंगलबार, पुष २९, २०८२

बाल विवाह गराउने पाँच जनालाई कैद

मेरोन्यूज २०७८ माघ ४ गते १०:३३

काठमाडौँ । बाल विवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको सोमबारको इजलासले बाल विवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो ।

साथै उनीहरूलाई जनही पाँच–पाँच हजार जरिवानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार गोरखाको सहिद लखन गाउँपालिका ३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका ११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ ।

दुई जनाको नाम भने खुलाइएको छैन । प्रहरीले गत असार ३१ गते बाल विवाह मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया