मन्दिरको भेटीबाट दुई विद्यालय सञ्चालन

काठमाडौँ । सन्धिखर्क नगरपालिका ७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ ।
भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ । भेटीबाट संकलित रकममध्ये मासिक रुपमा आदर्श माविलाई र शान्ति निमाविलाई एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले जानकारी दिए ।
यस्तै समितिले सन्धिखर्कस्थित पाणिनि बेदविद्या आश्रमका लागि वार्षिक एक लाख २० हजार उपलब्ध गराउने गरेको छ । “विद्यालयसँगै अन्य विकास निर्माणका काममा पनि सहयोग गर्ने गरेका छौँ”, घिमिरेले भने, “खानेपानी, मोटरबाटो निर्माणलगायत विकास निर्माणका काममा सघाएका छौँ ।”
जटिल खालका बिरामीको उपचारमा समेत मन्दिरको भेटीबाट समितिले सहयोग पुर्याउँदै आएको छ । मन्दिरमा गत वर्ष ८० लाख आम्दानी भएको थियो । नेपालकै प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।
अहिले दैनिक एक हजारदेखि दुई हजार जनाले मन्दिरमा दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताए । मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलबस्तु, दाङ, प्यूठान, गुल्मी र रुपन्देहीबाट बढी पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश र बिहारबाट समेत सुपा देउरालीको दर्शन गर्न आउने गरेका छन् ।
विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर पठनपाठन गर्न सहज भएको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताए । “मन्दिरबाट सहयोग नमिलको भए यो विद्यालय प्रावि नै रहने थियो”, उनले भने, “मन्दिरको सहयोगका कारण नै विद्यालयलाई यो अवस्थासम्म ल्याउन सकेका हौँ ।”










किन नेपालबाट फिर्ता बोलायो अमेरिकाले राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया