एपीएफले जित्यो पीएम कपको उपाधि, पुलिस क्लव दोस्रो

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप टी २० क्रिक्रेटको उपाधी शसस्त्र पुलिस क्लवले जितेको छ । अर्काे विभागिय टोली नेपाल पुलिस क्लवलाई पराजित गर्दै सशस्त्र प्रहरीले प्रधानमन्त्री कप टी–२० प्रतियोगिताको उपाधि उचालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा आज भएको फाइनल खेलमा पुलिसमाथि सशस्त्रले २१ रनको जित निकालेको हो । जितसँगै शसस्त्रले पाँच लाख र टफी र उपविजेता पुलिसले तीन लाख प्राप्त गरेका छन् ।
टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सकेको थियो ।
पहिलो बलमै विकेट गुमाएको पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका थिए । दिपेन्द्रले दिलिपनाथसँग ५६ रनको साझेदारी गर्दै अर्धशतक बनाए । उनले ५६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान गरे । दिलिपनाथ २२ बलमा २३ रन जोडेर पभेलियन फर्किए भने अनिल शाह १० रन र आरिफ शेख १२ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
एपीएफको बलिङमा किशोर महतोले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहरा, अमर रौटेला र दिपक बोहोराले समान १ विकेट लिए । यसअघि एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहँदा सबै विकेट विकेट गुमाएर १ सय ५८ रनको योगफल तयार गरेको थियो ।
एपीएपका लागि अमरसिंह राउटेलाले १५ बलमा २ चौका र तीन छक्कासहित सर्वाधिक २९ रनको योगदान गरेका थिए ।
पुलिसको बलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिंदै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, गुलसन झाले २ विकेट लिए भने योगेन्द्रसिंह कार्की र आरिफ शेखले १–१ विकेट लिएका थिए ।
।
पुस १६ गतेदेखि सुरु भएको प्रतियोगितामा समूह ए र बीमा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता रहेको थियो ।

















सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
प्रतिक्रिया