पशुपतिनाथ मन्दिरमा भक्तजनलाई रोक लगाइएकोमा विरोध

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखाएर पशुपतिनाथमा भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ ।
सरकारले बुधबारदेखि पशुपतिनाथ मन्दिरमा नित्यपूजाबाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरेकोमा सरोकारवालाले विरोध जनाएका हुन् ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले नेपालमा हिन्दुहरुलाई मात्र रोक लगाउन थालिएको टिप्पणी गरे । ‘क्रिस्चियनका चर्च र इस्लाम धर्मका मस्जिद पनि छ । तर, हिन्दु धर्मालम्बी जाने मन्दिरमा मात्र किन रोक ?’ बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले प्रश्न गरे ।
न्यौपानेले सरकारले लागू गरेका नियमअनुसार हिन्दू धर्मका कुनै पनि मन्दिरमा प्रवेश गर्न नपाइने भनिएकोमा आपत्ती जनाए । चर्चमा २५ जना मात्रले प्रार्थना नगर्ने भन्दै हजारौको संख्यामा प्रार्थना गर्ने उल्लेख गरे । हिन्दू धर्म र मन्दिरमा मात्र कोरोना लाग्ने सुन्दा बढो अनौठो लागेको उनको भनाइ थियो
बुद्धिजीवी प्रकाश रायमाझीले राज्यले कोभिडको नाममा ब्रह्मलुट मच्चाइरहेको बताए । राज्यले पशुपतिनाथ मन्दिरमा नित्यपूजाबाहेकका क्रियाकलाप बन्द गरेर कोभिडको नाममा आतंक मच्चाइरहेको उनले टिप्पणी गरे । कोभिडलाई राजनीतिक दलहरुले राजनीति गर्ने हतियार बनाएको उनको आरोप थियो ।
‘सत्तामा बस्नेहरु हिन्दुका सबै मठ मन्दिरहरु बन्द गरिन्छ, पशुपतिमा नित्यपूजाबाहेक सबै बन्द गरिन्छ अनि कोभिड भाग्छ । अनि तिनीहरुका सभा र सम्मेलन गर्न परेमा बीसौ हजार मानिस जम्मा हुन्छन् अनि कोभिड भाग्छ ।
आफ्नो महाधिवेशनमा कोभिडको सूचना आए पनि फिर्ता लिइन्छ,’ उनले भने, ‘हिन्दुधर्मका पूजाआजा, स्वस्थानीका व्रत आउँछन्, तब ती महिनामा मात्र कोभिड आउँदो रहेछ । यो विचित्रको कोभिड रहेछ जसले हिन्दु धर्मलाई मात्र असर गर्छ ।’
विश्वभक्त बाबाले धार्मिक संस्थाहरुले नै धर्म र राष्ट्र भनेको नबुझेको बताए । उनले राष्ट्र भनेकै धर्म भएको भन्दै नेताहरुले नबुझेको उनले टिप्पणी गरे । राष्ट्रको सबैभन्दा ठूलो शक्ति भएको धर्म हो भन्दै उनले कोभिडको बहानामा मठमन्दिर र देवता नै बन्द गराएर दुनियाँ हँसाएकोसमेत आरोप लगाए ।
भक्तहरुलाई पशु्पति नाथ गएर पूजा गर्न मिल्दैन भनेर भन्नेहरुले सबै भक्तहरुको स्वास्थ्यको जिम्मा लिनुपर्नेमा उनले जोड दिए । पशुपतिनाथ मन्दिरमा २४ सै घन्टा नित्यपूजा गर्नुपर्ने बताउँदै उनले मन्दिर दशनार्थीहरुको लागि खुल्ला गरिनुपर्ने बताए ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया