मूल्यवृद्धिको विरुद्धमा विधार्थीहरुको प्रर्दशन (तस्विरसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको भएको पछिल्लो मूल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले विरोध प्रर्दशन गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु लगायतका विधार्थी संगठनले आज राजधानीका विभिन्न क्याम्पस अगाडी प्रर्दशन गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गरलगायतका प्लेकार्ड बोकेर विधार्थीहरुले विरोधप्रदर्शन गरेका हुन् ।
कोरोना भाइरसको महामारीबीच नेपाल आयल निगमले बुधबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको थियो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ भने हावाई इन्धनको मूल्य ५ रुपैयाँ बढाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ । यसको विरोधमा विधार्थीहरु सडकमा उत्रेका हुन् ।



















आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया