मूल्यवृद्धिको विरुद्धमा विधार्थीहरुको प्रर्दशन (तस्विरसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको भएको पछिल्लो मूल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले विरोध प्रर्दशन गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु लगायतका विधार्थी संगठनले आज राजधानीका विभिन्न क्याम्पस अगाडी प्रर्दशन गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गरलगायतका प्लेकार्ड बोकेर विधार्थीहरुले विरोधप्रदर्शन गरेका हुन् ।
कोरोना भाइरसको महामारीबीच नेपाल आयल निगमले बुधबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको थियो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ भने हावाई इन्धनको मूल्य ५ रुपैयाँ बढाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ । यसको विरोधमा विधार्थीहरु सडकमा उत्रेका हुन् ।












बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया