मोबाइल चोरी गर्ने दुई प्रहरीमाथि छानबिन सुरु

कैलाली । कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गर्ने दुई प्रहरीलाई हिरासतमा राखेर छानबिन सुरु भएको छ । लागू औषधको कारोबार भइरहेको सूचना पाएपछि बिहीबार मोबाइल ग्यालरीमा पुगेका एक जना प्रहरीले चोरी गर्दै गरिरहेको भिडिओ पसलको सिसिटिभीमा कैद भएको थियो ।
ग्यालरीमा खानतलासी गर्न गएका प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई हिरासतमा राखेर छानबिन थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत थिए ।
मोबाइल ग्यालरीका सञ्चालक सुवास रावलले खानतलासीको नाममा पसलमा राखिएको नयाँ मोबाइल लगेको बताए । मोबाइलको खाली डब्बा देखेपछि सिसिटिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएका थिए ।
सोही निवेदन र भिडियोको आधारमा प्रहरीले दुवै जनामाथि अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक जोशीले बताए । बिहीबार प्रहरीले लागू औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट तीन जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा धनगढी ५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक विष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ रहका थिए । उनीहरूको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले बताएको थियो ।

















नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
जनताले विश्वास गरेका छन्, काम गरेरै देखाऔं : उपसभापति वाग्ले
ढोरपाटनका दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’मा उपचार जारी
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया