कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित
मेरोन्यूज
२०७८ माघ ७ गते १५:५१

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि पनि स्थगित गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले कोभिड १९ को कारण देखाउँदै माघ १५ गते हुने तय भएका जिल्ला अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।
कोभिड १९ को संक्रमणको जोखिम बढ्दै गएपछि कांग्रेसले १६ जिल्लाको अधिवेशन फेरि स्थगित गरेको हो ।
कांग्रेस महाधिवेशन सम्पन्न भइसक्दा पनि १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन । कांग्रेस निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै कोरोना न्यूनीकरण तथा आम जनजीवन सामान्य बन्दै गएपछि स्थगन गरिएको जिल्लाको अधिवेशन गरिने उल्ल्ेख छ ।
कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।
सम्बन्धित















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया