प्रधानमन्त्री देउवाको सम्बोधनः तीन तहकै निर्वाचन गर्ने प्रतिवद्धता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै तीन तहकै निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रधानमन्त्री देउवाले तीन तहकै निर्वाचनमा समयमै सम्पन्न गर्ने उनले प्रतिवद्धता जनाए ।
उनले कोरोनाको संक्रमणको जोखिम उच्च रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिएको बताए । कोरोना संक्रमण न्यूनिकरणका लागि सरकारले विशेष प्याकेज ल्याएको पनि उनले बताए ।
‘एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु’, प्रधानमन्त्री देउवाले भने ।
उनले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए ।
सरकारले पूरा गरेको ६ महिनाको अवधिमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिक लगायतका विषयमा धारणा राखिरहेका छन् ।

















जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीन वटै तहका सरकारले बजेट छुट्याउनुपर्ने
एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
प्रतिक्रिया