नक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ

महोत्तरी । नक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँ प्रयोग गरेको आरोपमा शुक्रबार महोत्तरीबाट दुई जना पक्राउ परेका छन् ।
भारतको विहारस्थित सितामाढी बस्ने ४० वर्षीय नुरुल होदा र सितामाढीकै सुरसण्ड–६ बस्ने ३९ वर्षीय उदय साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुवै जनालाई जिल्लाको फरक–फरक ठाउँबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा मट्टीहानी प्रहरी चौकीबाट खटिएको प्रहरीले नुरुल होदालाई एउटै सिरियल नम्बर भएको दुई थान हजारको नोटसहित पक्राउ गरेको हो ।
होजालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
त्यसैगरी उदय साहलाई भिट्ठामोड प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ कालो झोलामा लुकाइ ल्याएको ९ लाख ९७ हजार र २ लाख ४० हजारको ४ वटा चेकसहित पक्राउ गरेको भिठ्ठामोड प्रहरी चौकीले जनाएको छ ।
साहलाई तत्काल पक्राउ गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पतलैया पठाइएको जिल्ला प्रहरीको भनाइ छ ।












भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया