रिपेरिङ सेन्टरमा आगलागी हुँदा ३५ लाखको क्षति
मेरोन्यूज
२०७८ माघ ९ गते ९:२२
काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिका १ स्थित सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति आगलगी हुँदा ३५ लाख बराबर क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा गए राति अचानक आगलगी भएको हो । आगलागीबाट घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायरसहित सबै सामान जलेर क्षति भएको हो ।
गौशाला नगरपालिकाको दमकलसहितको सहयोगमा प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली, स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए । आगलगीबाट मानवीय तथा पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया