निर्वाचन आयोगको दबाबः स्थानीय तहको निर्वाचन मिति घोषणा गरियोस् (विज्ञप्तिसहित)
मेरोन्यूज
२०७८ माघ ११ गते १५:४८

काठमाडौं । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको छ । सत्ता गठबन्धन दलहरुले कानून स्पष्ट नभएको भन्दै कानून संशोधनबारे छलफल गरिरहँदा आयोगले निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको हो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम मौजुदा स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आउँदो ५ जेठबाट कार्यकाल सकिने भन्दै आयोगले तत्काल निर्वाचन मिति तोक्न आग्रह गरेको हो ।
यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाको पटक पटक ध्यानाकर्षण गराएको भन्दै मंगलबार विज्ञप्ति जारी गरेर आयोगले दिएको जानकारी अनुसार १४ वैशाख २०७९ र २२ वैशाख २०७९ मा दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न आयोगको तर्फबाट प्रस्ताव गरिएको छ ।

सम्बन्धित
















अवैध लागुऔषधसहित १३ जना पक्राउ
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया