जबर्जस्ती करणी गर्नेलाई अठार वर्ष कैद फैसला

परासी । नवलपरासी जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गर्ने एक प्रतिवादीलाई अठार वर्ष कैद सजाय सुनाएको छ ।
सजाय पाउनेमा बर्दघाट नगरपालिका–१२ बस्ने प्रकाश पौडेल रहेको जिल्ला अदालतले जनाएको छ ।
प्रतिवादी पौडेलले गत २०७७ साल मङ्सिर १६ गते स्थानीयवासी १० वर्ष सात महिनाकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो ।
जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले आवश्यक प्रमाणका आधारमा पौडेललाई कसुर गरेको ठहर गर्दै मंगलबार अठार वर्ष कैद सजायको फैसला गरेको स्रेस्तेदार एवं सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिवादी पौडेलले बाबुआमासँगै आफन्तको घरमा गएकी बालिकालाई खेलिरहेको साँझको समयमा नयाँ लुगा किनिदिने भनी ललाईफकाई घरभन्दा केही पर लगी जबर्जस्ती करणी गरेको फैसलामा उल्लेख छ ।
गाउँलेले थाहा पाएलगत्तै प्रहरीलाई खबर गरेपछि आरोपित पौडेल तत्कालै पक्राउ परेका थिए ।
अदालतले पीडित बालिकालाई रु एक लाख क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको छ ।
प्रतिवादी पौडेलको आर्थिक अवस्था कमजोर रहेको र निजबाट क्षतिपूर्ति भराउने अवस्था नभएकाले अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम स्थापना भएको पीडित राहत कोषबाट पीडितलाई क्षतिपूर्ति भराउन आदेश गरेको स्रेस्तेदार पौडेलले जानकारी दिए ।
















कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौं : सभापति लामिछाने
श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि
संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने
हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण
जीवनी हाेइन, इतिहास लेख्न राजनीतिमा आएकाे हुँ : रवि लामिछाने
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया