विद्यार्थी संगठनहरुद्वारा काठमाडौं विश्वविद्यालयमा जारी आन्दोलन स्थगित
मेरोन्यूज
२०७८ माघ ११ गते २०:३८

काठमाडौं । संयुक्त विद्यार्थी संगठनहरुले काठमाडौं विश्वविद्यालयमा गरिरहेको आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छन् ।
माओवादी केन्द्र, विप्लव, मोहन वैद्य निकटका अखिल क्रान्तिकारी तथा नेविसंघ, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं र अनेवियुले संयुक्त विज्ञप्ति जारी गर्दै हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।
पुस १० गते काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थी कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होटल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठन पाठन लगायत सुविधाबाट वञ्चित रहँदै आएका विद्यार्थीहरुलाई निशर्त कक्षामा सहभागी गराउने सहमति भएको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएका हुन् ।

सम्बन्धित
















कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौं : सभापति लामिछाने
श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि
संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने
हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण
जीवनी हाेइन, इतिहास लेख्न राजनीतिमा आएकाे हुँ : रवि लामिछाने
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया