राष्ट्रियसभा निर्वाचन
राष्ट्रियसभा सदस्यमा गण्डकीबाट कमला पन्त विजयी
गठबन्धनबाट ७ मत क्रस
मेरोन्यूज
२०७८ माघ १२ गते १७:३०

पोखरा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा महिला कोटाबाट कमला पन्त विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेकी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरेकी हुन् ।
पन्त गठबन्धनकी उम्मेद्वार हुन् भने थनेत एमालेबाट उम्मेद्वार बनेकी हुन् । पन्तले तीन हजार ८४ मतभार पाउँदा थनेतले दुई ७२४ मतभार पाइन् । गठबन्धनबाट सात मत क्रस भएको छ ।
प्रदेश सांसदमध्ये दुई जना र स्थानीय तहका पाँच जनप्रतिनिधिको मत क्रस भएको हो । एकजना सांसदले भने मतपत्र खाली छोडेका थिए ।
पन्तले प्रदेश सांसदबाट २९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी लिला थनेतले पनि २९ मत पाइन् । स्थानीय तहतर्फ गठबन्धनकी उम्मेद्वार पन्तले ९४ मत पाएकी छिन् भने थनेतले ७४ मत पाइन् ।
सम्बन्धित
















काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
प्रतिक्रिया