राष्ट्रियसभा निर्वाचन
राष्ट्रियसभा सदस्यमा कोको विजयी ? (सूचीसहित)
एमालेले राष्ट्रियसभामा सात सिट गुमायो

काठमाडौं । राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनले बाजी मारेको छ ।
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले पहिलो पटक संयुक्त उम्मेदवारी दिएका थिए भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक्लै उम्मेदवार खडा गरेको थियो । गठबन्धनले एक प्रदेश १ मा एक सदस्यबाहेक एमालेलाई ‘क्लिन स्वीप गरेको छ ।
प्रदेशसभामा रिक्त १९ मध्ये ८ सिट एमालेको थियो । तर एमाले प्रदेश १ बाट एक सिट मात्रै जितेको छ भने अन्य सात सिट गुमाएको छ ।
प्रदेश १ मा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भइन् भने कांग्रेसका गोपाल बस्नेत निर्वाचित भए । बस्नेत र एमालेका गुरु बरालको बराबरी मत आएपछि गोलाप्रथाबाट बस्नेत विजयी भएका थिए । प्रदेश १ मा अल्पसंख्यकबाट एमालेका सोनाम ग्लाल्जेन शेर्पा बिजयी भए ।
मधेस प्रदेशबाट गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल निर्वाचित भइन् । मधेश प्रदेशमा सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद खलिद सिद्दिकी विजयी भएका छन् ।
––
यस्तै, बाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भए ।
यसैगरी, गण्डकी प्रदेशमा गठबन्धनबाट काँग्रेसकी कमला पन्त तथा माओवादीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भए ।
––
लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका छन् ।
यस्तै, कर्णाली प्रदेशमा कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकिकृत समाजवादीका उदय बोहरा विजयी भएका छन् ।
यसैगरी, सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धनकै तर्फबाट उम्मेदवार बनाइएका तीनै जना निर्वाचित भए ।
सुदूरपश्चिममा खुल्ला सदस्यतर्फ नेपाली कांग्रेसका नारायण दत्त मिश्र, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की मदनकुमारी शाह (गरिमा) र दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी भएका छन् ।

सूची हेर्नुहोस्

















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया