बुधबार, चैत ४, २०८२

राष्ट्रियसभामा जितेकालाई माधव नेपालको बधाई

मेरोन्यूज २०७८ माघ १३ गते ९:४५


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिएका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई अध्यक्ष नेपालले बधाई दिएका हुन्

Advertisement
nepal life insurencenepal life insurence

उनले एक बधाई सन्देश जारी गरी गठबन्धनका विजयी सांसदलाई बधाई दिएका हुन् ।

उनले जारी गर्नुभएको सन्देशमा विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी भएका पाँच सदस्यलाई पनि बधाई तथा सफलताको कामना गरिएको छ ।

राष्ट्रियसभामा १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी ९गरिमा० शाह,
केन्द्रीय सदस्यहरु उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्रलक्ष्मी गैरे तथा गठबन्धनबाट अन्य १३ सदस्य र एमालेबाट एक सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया