आफ्नै हातमा साङ्लो बाँधेर जनमत पार्टीको प्रदर्शन

जनकपुरधाम । किसान आन्दोलनको अगुवाई गर्दै आएको सीके राउत नेतृत्वको जनमत पार्टीले शनिवार धनुषासहित मधेसका जिल्लाहरुमा ‘साङ्लो’ जुलुस निकालेको छ ।
विभिन्न ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएका जनमत पार्टीका कार्यकर्ताले शनिवार आफ्नै हातमा साङलो बाँधेर प्रदर्शन गरेका हुन् ।
किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निःशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, कृषि उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी लगायतको माग राख्दै जनमत पार्टी आन्दोलनमा छ ।
जनमत पार्टीले जनकपुरमा माघ १२ गतेको राष्ट्रियसभा निर्वाचनसमेत विथोल्ने प्रयास गरेको थियो । किसानको माग सम्बोधन नगरी भोट हाल्न नदिने भन्दै जनप्रतिनिधिहरु चढेको गाडी तोडफोडसमेत गरेका थिए ।
सो क्रममा जनमत पार्टीका कार्यकर्ताहरु पक्राउ परेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्तालाई छुटाउन जनमत पार्टीले प्रदर्शन जारी राखेको छ ।











रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया