आफ्नै हातमा साङ्लो बाँधेर जनमत पार्टीको प्रदर्शन

जनकपुरधाम । किसान आन्दोलनको अगुवाई गर्दै आएको सीके राउत नेतृत्वको जनमत पार्टीले शनिवार धनुषासहित मधेसका जिल्लाहरुमा ‘साङ्लो’ जुलुस निकालेको छ ।
विभिन्न ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएका जनमत पार्टीका कार्यकर्ताले शनिवार आफ्नै हातमा साङलो बाँधेर प्रदर्शन गरेका हुन् ।
किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निःशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, कृषि उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी लगायतको माग राख्दै जनमत पार्टी आन्दोलनमा छ ।
जनमत पार्टीले जनकपुरमा माघ १२ गतेको राष्ट्रियसभा निर्वाचनसमेत विथोल्ने प्रयास गरेको थियो । किसानको माग सम्बोधन नगरी भोट हाल्न नदिने भन्दै जनप्रतिनिधिहरु चढेको गाडी तोडफोडसमेत गरेका थिए ।
सो क्रममा जनमत पार्टीका कार्यकर्ताहरु पक्राउ परेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्तालाई छुटाउन जनमत पार्टीले प्रदर्शन जारी राखेको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया