नेकपा फुटाउने ‘नेकपा’ आफै विभाजित, ऋषि कट्टेल पार्टीबाट निकालिए

काठमाडौं । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फुटाउन सफल भएको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आफै विभाजित भएको छ ।
पार्टी भित्र विवाद चुलिएपछि पार्टीकै बहुमत सदस्यले अध्यक्ष ऋषि कट्टेललाई पार्टीबाट निकालिदिएका छन् ।
लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्ष घोषणा गर्दै बहुमत सदस्यको बैठकले कट्टेललाई पार्टी सदस्यसमेत नरहने गरी निश्काशित गरेका हुन् ।
कट्टेललाई निश्काशित गरिएको पत्र उनीहरुले निर्वाचन आयोगलाई समेत बोधार्थ पठाएका छन् ।
‘दलको विधान २०६९, राजनीतिक दल सम्बन्धि ऐन २०७३, नेपालको संविधान विपरित दलको अहितमा काम गरेको बारेमा केन्द्रीय समितिले माघ ५ गते गरेको निर्णयअनुसार जाँचबुझ समिति गठन गरी उक्त समितिको निर्णयअनुसार २०७८ माघ ७ मा स्पष्टिकरण सोधिएकोमा कुनै जवाफ नदिनु भएकाले पार्टीको विधानअनुसार दलको साधारण सदस्यसमेत सम्पूर्ण पद र जिम्मेवारीबाट छानबिन समितिको सिफारिस प्रतिवेदन बमोजिम आजैका मितिदेखि निश्कासन गरिएको ब्यवहोरा जानकारी गराइन्छ ।’– कट्टेललाई पठाइएको माघ १३ को पत्रमा उल्लेख छ ।
असन्तुष्ट समूहमा सुवेदी पार्टीको का.वा. अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिको संयोजक तोकिएका छन् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पछि बनेको नेकपालाई अदालतले विघटन गरेसँगै कट्टेल नेतृत्वको नेकपाको चर्चा चुलिएको थियो । कट्टेलले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग एकता गर्नेबारेमा पनि लामो समयदेखि छलफल गर्दै आएका थिए ।

















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया