शनिबार, पुष १२, २०८२

जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनको सुझाव

मेरोन्यूज २०७८ माघ १५ गते १८:४३

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

स्थानीय तहको निर्वाचन बैशाखमा गर्ने कि असोजपछि गर्ने भन्ने अन्यौल भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार सत्तारुढ गठबन्धनको बैठक बोलाएका थिए ।

नेपाली कांग्रेसभित्र पनि निर्वाचन ऐनअनुसार नै स्थानीय तहको निर्वाचन गर्न देउवालाई दवाव परेको थियो ।

पार्टीभित्र आन्तरिक छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ कानुनविद्हरुसहित गठबन्धनको बैठक बसेको थियो । बैठकमा ०७९ सालको जेठमा स्थानीय निर्वाचन गर्ने सुवाव आएपछि सत्ता गठबन्धनमा सहमति जुटेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बिहीबार देउवासँगको भेटमा लिखितरुपमै स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् ।

निर्वाचन आयोगका साथै प्रमुख प्रतिपक्षी दलले बैशाखमै स्थानीय तहको निर्वाचन गर्न दबाब दिँदै आएको थियो ।

प्रतिक्रिया