जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनको सुझाव

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।
स्थानीय तहको निर्वाचन बैशाखमा गर्ने कि असोजपछि गर्ने भन्ने अन्यौल भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार सत्तारुढ गठबन्धनको बैठक बोलाएका थिए ।
नेपाली कांग्रेसभित्र पनि निर्वाचन ऐनअनुसार नै स्थानीय तहको निर्वाचन गर्न देउवालाई दवाव परेको थियो ।
पार्टीभित्र आन्तरिक छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ कानुनविद्हरुसहित गठबन्धनको बैठक बसेको थियो । बैठकमा ०७९ सालको जेठमा स्थानीय निर्वाचन गर्ने सुवाव आएपछि सत्ता गठबन्धनमा सहमति जुटेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बिहीबार देउवासँगको भेटमा लिखितरुपमै स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् ।
निर्वाचन आयोगका साथै प्रमुख प्रतिपक्षी दलले बैशाखमै स्थानीय तहको निर्वाचन गर्न दबाब दिँदै आएको थियो ।
















कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया