स्थानीय तहको सिमांकन नगरिए निर्वाचनमा बाधा पुग्ने त्रिपाठीको चेतावनी

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले निर्वाचन अघि सबै प्रदेशमा स्थानीय तहको सिमांकन गर्नुपर्ने माग गरेका छन् ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले आइतबार विज्ञप्ति जारी ग्र्दै स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिसअनुसार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको नामांकन र सिमांकन सकेर मात्र निर्वाचनमा जानुपर्ने माग गरेका हुन् ।
आयोगको सिफारिस कार्यान्वयन नगरिए निर्वाचन जस्तो कार्यमा बाधा समेत पुग्न सक्ने परिस्थिति सृजना हुन सक्ने उनले चेतावनी दिएका छन् ।
आगामी जेठमा निर्वाचन सम्पन्न गर्ने दलहरूको प्रतिबद्धता स्वागत योग्य रहेको बताउँदै त्रिपाठीले भनेका छन्, ‘स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्रै कार्यान्वयन भयो । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन भएको छैन । तसर्थ आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिश प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गरियोस् भनि जनता प्रगतिशील पार्टी नेपालको जोडदार माग छ ।’

















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया