इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट शुरु

पुणे – इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट भारतको पुणेमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गर्नु भएको थियो ।
यी दुई टिमबीच तीन वटा एकदिवसीय क्रिकेट खेल हुँदैछन् ।
पाँच खेलको टी२० क्रिकेट शृंखला ३–२ ले हारेको इङ्ल्यान्डले मोइन अलि र साम बिलिङ्सलाई टिममा पुनः बोलाएको छ ।
भारतीय टिममा पनि अलराउन्डर क्रुनाल पान्ड्या र मध्य तिब्र गतिका बलर प्रसिध कृष्णलाई पहिलो पटक अवसर दिइएको छ । विकेट किपरको भूमिकामा रहने केएल राहुलले पाँचौं क्रममा ब्याटिङ गर्नेछन् ।
भारतीय कप्तान विराट कोहलीले आफूहरुले ब्याटिङ गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।
भारतीय टिममा रोहित शर्मा, शिखर धवन, श्रेयस ऐयर, विराट कोहली, केएल राहुल, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, कुलदीप यादव र प्रसिध कृष्ण रहेका छन् ।
यस्तै, इङ्ल्यान्ड टिममा जेसन रोय, जोन्नी बेयरस्ट, बेन स्टोक्स, इअन मोर्गन, जस बटलर, साम बिलिङ्स, मोइन अलि, साम कुरान, टम कुरान, अदिल रशिद र मार्क उड रहेका छन् ।
भारतले तेस्रो ओभरको खेल सकिँदा बिनाक्षति १० रन बनाएको छ । प्रारम्भिक ब्याट्सम्यानका रुपमा शिखर धवन र रोहित शर्मा रहेका छन् ।रासस–एएफपी


















एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया