इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट शुरु

पुणे – इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट भारतको पुणेमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गर्नु भएको थियो ।
यी दुई टिमबीच तीन वटा एकदिवसीय क्रिकेट खेल हुँदैछन् ।
पाँच खेलको टी२० क्रिकेट शृंखला ३–२ ले हारेको इङ्ल्यान्डले मोइन अलि र साम बिलिङ्सलाई टिममा पुनः बोलाएको छ ।
भारतीय टिममा पनि अलराउन्डर क्रुनाल पान्ड्या र मध्य तिब्र गतिका बलर प्रसिध कृष्णलाई पहिलो पटक अवसर दिइएको छ । विकेट किपरको भूमिकामा रहने केएल राहुलले पाँचौं क्रममा ब्याटिङ गर्नेछन् ।
भारतीय कप्तान विराट कोहलीले आफूहरुले ब्याटिङ गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।
भारतीय टिममा रोहित शर्मा, शिखर धवन, श्रेयस ऐयर, विराट कोहली, केएल राहुल, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, कुलदीप यादव र प्रसिध कृष्ण रहेका छन् ।
यस्तै, इङ्ल्यान्ड टिममा जेसन रोय, जोन्नी बेयरस्ट, बेन स्टोक्स, इअन मोर्गन, जस बटलर, साम बिलिङ्स, मोइन अलि, साम कुरान, टम कुरान, अदिल रशिद र मार्क उड रहेका छन् ।
भारतले तेस्रो ओभरको खेल सकिँदा बिनाक्षति १० रन बनाएको छ । प्रारम्भिक ब्याट्सम्यानका रुपमा शिखर धवन र रोहित शर्मा रहेका छन् ।रासस–एएफपी
















बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
राष्ट्रपति पौडेल जापान जाँदै
१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया