प्रकाशकीय : मेरो न्यूज किन ?

अनलाइनको भीडमा आजकै दिनदेखि हामी थपिन आइपुगेका छौँ । सूचना प्रविधिमा आएको छलाङले निर्णायक रुपमा हरेक क्षेत्रलाई प्रभावित बनाएकै छ । मिडियाहरुको भीडमा अर्काे एउटा मिडियाका रुपमा हाम्रो प्रवेश नौलो नलाग्न सक्छ । तर यो भीडमा हामीले आफूलाई अरुभन्दा फरक देखाउन सक्छौँ / सक्दैनौँ भन्नेले हाम्रो परीक्षण हुनेछ । अरु मिडियाभन्दा मेरो न्यूज के अर्थमा फरक ? मेरो न्यूज नै किन ? यसको जवाफ हामीले हाम्रो आफ्नै कर्मबाट दिने कोसिस गर्नेछौँ ।
हामीले पस्किने सामग्री कस्ता हुन्छन् ? भन्नेले धेरै अर्थ राख्छ । त्यस अर्थमा पनि हामी सत्य–तथ्यका साथ आउन चाहेका छौँ । हाम्रो उपस्थिति स्थापित गर्ने पहिलो जिम्मेवारी हाम्रो आफ्नै हो । हाम्रो मूलभूत उद्देश्य पाठक/स्रोतालाई सत्य र तथ्य नजिक पुर्याउनु हुनेछ ।
पत्रकारिता सिक्दै सिकाउने पेशा पनि हो । काम गरिरहँदा गल्ती हुन सक्छन् । भूलचूक हुँदाका बखत माफी माग्ने नै छौँ । यसको व्यावसायिकतामा हामी कसैसँग सम्झौता गर्ने छैनौँ । हामी ‘भाइरल’ हुने नाममा सनसनीपूर्ण समाचारमा होइन, तथ्यमा रहेर पत्रकारिता गर्नेछौँ । यसैलाई मार्गदर्शन–मन्त्र बनाउने निधोसहित हामीले पत्रकारिता क्षेत्रका विभिन्न विधामा काम गरेका पत्रकारको टिम जुटाउने प्रयास गरेका छौँ । भजनमण्डली बनी नकारात्मक कुराको पनि पक्षधरता लिने र विरोधको नाममा हरेक कुराको विरोध गर्ने प्रवृत्तिविरुद्ध हामी खरो रुपमा उत्रिने प्रतिबद्धता आजको दिनमा गर्न चाहन्छौँ ।
समाज लोकतान्त्रिकरणको अर्को चरणमा प्रवेश गरेको छ । यो चरणको प्रमुख कार्यभार पारदर्शीता र जवाफदेहिता संस्थागत गर्नु हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको अर्थ नागरिकलाई सही सूचना दिनु र सुसूचित जनमत निर्माण गर्नु हो । यस अर्थमा हामी निषेधमा विश्वास राख्दैनौँ । खुला समाजमा बहस अनिवार्य छ । खुला बहसले कहिलेकाहीं गुणात्मक परिवर्तन ल्याउँछ । हाम्रा न्यूज पोर्टलमा हरेक खाले विचार–मतको सम्मानपूर्वक हामी स्वागत गर्नेछौँ । समानता, पहिचान र न्यायका लागि संघर्षरत वर्ग, जाति र जनजाति, क्षेत्र, महिला समुदाय आदिका मुद्दा हाम्रा प्राथमिकता हुनेछन् ।
तटस्थतामा हामी प्रश्न उठ्न दिने छैनौँ । राष्ट्रियता र राष्ट्र हितको पक्षमा ‘मिसन’कै रुपमा अविचलित भएर उभिने छौँ । हामीलाई किनारामा पुर्याउने या मझधारमा उभ्याउने निर्णय गर्ने जिम्मा तपाईं पाठकहरुकै हुनेछ । मर्यादित, व्यावसायिक र उत्तरदायी पत्रकारिता हाम्रो मिसन हुनेछ ।
उथलपुथलपूर्ण राजनीतिक घटनाक्रमलगायत कारण जनतालाई सुसूचित गर्ने दायित्वबाट किञ्चित विमुख हुन दिनु हुँदैन भन्ने ठानी हामी तयारीबिनै हतारमा यो क्षेत्रमा पाइला टेकेका छौँ । तर पनि हाम्रो अपर्याप्ततालाई कामकै दौरानमा पूर्णता दिँदै जाने कोसिस सदैव हुनेछ ।
हामी हाम्रो निष्ठा र प्रतिबद्धतामा कमी आउन दिने छैनौँ । पाठक नै हाम्रो प्रतिबद्धता र प्रेरणाका स्रोत हुन् । तपाईंहरु सँगसँगै सहकार्य गर्ने गरी हामी आएका छौँ । सञ्चार परिदृश्यमा नयाँ क्षितिज उघार्ने हाम्रो ध्येय छ । अब समाचार, विचार कागजमा प्रत्येक रात होइन, प्रविधि उपकरणका स्क्रिनमा प्रत्येक पल छापिने भइसकेका छन् । पाठक, स्रोता, दर्शकका नयाँ-नयाँ मागबीच समयको गति, परिवर्तित रुची र व्यवहारसँगै थप अध्ययन र नयाँ सिद्धान्त स्थापित गर्न ताजा समाचारको सदैव सम्भावना छ । त्यही नवीन सूचना, बढी ज्ञान र ताजा प्रयासको खोजी मेरो न्यूज डटकममा भइरहने छ । ‘समाचारमा आफ्नै सरोकार’ हाम्रो नारा हुनेछ । अन्त्यमा, यस सुनौलो क्षणमा सम्पूर्ण आदरणीय पाठक, विज्ञापनदाता तथा शुभेच्छुकमा हार्दिक आभार प्रकट गर्दछु ।
अध्यक्ष तथा प्रवन्ध निर्देशक,
कीर्तन मिडिया प्रा लि









अन्तरराष्ट्रिय साझेदारी र लगानीका कार्यक्रममा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नु पर्छ: उपप्रमुख डंगोल
82 days to go for election: Political parties contesting the PR election system get election symbols
आजका लागि सागसब्जी र फलफूलको मूल्य
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
प्रतिक्रिया