थापाथली हाइटमा सर्ने भयो एमाले कार्यालय
परी नामको रोर्वटले गर्नेछ कार्यालयमा अव आगन्तुकलाई स्वागत

झण्डै ६ वर्ष धुम्बाराहीमा भाडाको घरमा वसेको सत्तासिन दल एमालेको मुख्यालय अव थापाथली सर्ने भएको छ । आगामी वैशाख १ गतेवाट कार्यालय थापाथली सार्ने तयारी एमालेले गरेको हो ।
मदनगनर वल्खुमा रहेको कार्यालय २०७२ सालको भूकम्पले भत्काएपछि एमालेले पार्टी कार्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा सारेको थियो ।
धुम्वाराहीस्थित कार्यलयमा ढेड वर्षको करार सम्झौता वाँकी रहँदै एमालेले थापाथलीमा कार्यलय सार्न लागेको हो । नयाँ कार्यलय भवनको वुधबार प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी ओलीले निरीक्षण गरेका थिए ।
नयाँ कार्यालय थापाथली हाइटमा सेन्ट जेभियर्स कलेज नजिकैको भवनमा सार्न लागिएको हो ।
एमालेले आगामी वैशाख ९ गते (अप्रिल २२ तारिख)का दिन पारेर मदननगर वल्खुमा रहेको पार्टीको पहिलेको कार्यलय रहेको जग्गामा नयाँ कार्यालय भवनको शिलान्यास गर्ने तयारी पनि गरेको छ । ७ चैतमा वालुवाटारमा वसेको केन्द्रीय समिति वैठकले नेकपा स्थापना दिवसको दिन पारेर वल्खुमा कार्यालय भवनको शिलान्यास प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको हातवाट गराउने निर्णय गरिसकेको छ
नयाँ भवन नवन्दा सम्म कार्यालय अव वैशाख १ वाट थापाथली सर्ने एमाले कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिए ।
नयाँ कार्यालय भवन थापाथलीमा सर्दा आगन्तुकहरुले केही नौलो अनुभव गर्न पाउने गरी तयारी भएको छ । कार्यालयमा आउनेहरुलाई रोबोटले स्वागत गर्ने गरी रिसोप्सनमा राख्ने तयारी भएको छ ।
त्यस्तो रोर्वटको नाम परी राखिएको छ । कार्यलयकै गेटमा रोर्वट राख्ने तयारी एमालेले गरेको छ ।
कस्को हो घर ?
वुधबार मात्रै एमाले केन्द्रीय कार्यालय रहने गरी सम्झौता भएको थापाथली हाइटको उक्त घर सञ्जय अग्रवालको हो ।
साढे २ तलाको उक्त घरमा १३ कोठा छन् । यसअघि उक्त घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो । पहिले घरधनी आफैं वसेको उक्त घरमा केही समय अगाडीसम्म राष्टसंघको यूएन वुमनको कार्यालय रहेको थियो । अव भने एमाले मुख्यालय हुन लागेको हो ।
घरधनी अग्रवाल भने कालीमाटीमा भाडाको घरमा वस्दै आईरहेका छन् ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया