शुक्रबार, वैशाख २५, २०८३

नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

मेरोन्यूज २०८३ वैशाख २५ गते १६:४०

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

Advertisement
NiccNicc

जिल्लाको गैँडाकोट नगरपालिका-९ थुम्सीस्थित पूर्व-श्चिम राजमार्गमा आज दिउँसो ना७ख ८६२१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको लु४१प ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार देवचुली नगरपालिका-१० का ३५ वर्षीय जमुदा गिरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको उनले बताए । दुर्घटनमा परी मोटरसाइकल चालक मृतक जमुना गिरी थापाका श्रीमान् ४० वर्षीय राजबहादुर थापा घाइते भएका छन् । उनको भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।

प्रतिक्रिया