नेप्सेमा २० अंककाे गिरावट

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक कारोबार हुने साताको पाँचौं दिन आज बिहिबार २१ दशमलब २९ अंकले गिरावट आएको छ ।
बजार परिसूचक हिजो बुधबारको तुलनामा शुन्य दशमलब ८३ प्रतिशतले घटेर २ हजार ५ सय ४८ दशमलब ९६ बिन्दुमा पुगेको हो । कारोबार भएका २ सय ८ कम्पनीका ७४ हजार ६ सय ५८ कारोबारबाट ६ अर्ब ५० करोड ८ लाख ६ सय ४० रुपैयाँ बराबरका १ करोड २५ लाख ४८ हजार १ सय ४६ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५दशमलव ६४ अंक अर्थात १ दशमलव २४ प्रतिशतले घटेर ४ सय ५० दशमलव ३१ अंकमा बन्द भएको छ ।
सूचीकृत कम्पनीहरुबाट सर्वसाधारणमा जारी भएका सेयरहरुको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट परिसूचक पनि १ दशमलव ५ अंक अर्थात् शून्य दशमलव ८५ प्रतिशतले घटेर १ सय ७४ दशमलव ९९ अंकमा बन्द भएको छ । यस्तै, सन्सेटिभ फ्लोट परिसूचक पनि १ दशमलव ६७ अंकले ओरालो लागेर १ सय ४६ दशमलव ४६ अंकमा बन्द भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
कूल नेप्सेमा रातो चिन्ह् देखिएपनि चन्द्रागिरी हिल्सका शेयरधनी आज मख्ख छन् ।
यो चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य आज बिहीवार प्रतिकित्ता २ हजार ७९ कायम भएको छ । यस दिन शेयरमूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता १ सय ८९ ले बढेको हो । गत माघ २५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार शुरु गरेको कम्पनीको हालसम्म ३३ दिन कारोबार हुँदासम्म निरन्तर कम्पनीको शेयरमूल्य बढेको हो । दोस्रो बजारमा कारोबार खुला भएदेखिनै कम्पनीको शेयरमूल्य निरन्तर उच्च दरमा बढेको स्टक एक्सचेञ्जले जनाएको छ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया