माधव नेपालको ओलीलाई जवाफ, मैले हाेइन तपाईंले नै स्पष्टीकरण दिनुस् (स्पष्टीकरण पत्रसहित)

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले सोधेको प्रष्टीकरण उल्टै प्रधानमन्त्री केपी ओलीलाई नै प्रश्न गर्दै जवाफ फर्काएका छन् । ‘स्पष्ट गर्नुहुन’ भन्दै नेता नेपालले ओलीलाई तपाईंले नै पार्टी केन्द्रीय कमिटीको विधिवत् बैठकलाई र त्यसमार्फत एमाले पंक्तिलाई स्पष्ट पानुपर्ने विषय देखिएको भन्दै १३ बुँदामा जवाफ मागेका हुन् ।
‘नेकपा एमाले पुनःस्थापित भएपछि म समेत एमाले र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताबाट तपाईं समेतका नेतासँग विगतको तथ्यसंगत समीक्षा गर्दै कमिकमजोरी सच्च्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’ भन्दै उल्टै नेपालले ओलीमाथी प्रश्न गरेका छन् ।
नेपालले पार्टी विधानको कतिपय बुँदाले ओलीलाई नै कारबाही गर्नुपर्ने देखिएको पनि जवाफी पत्रमा उल्लेख गरेका छन् । पत्रमा भनिएको छ, ‘तपाईंले गर्नुभएका उक्त गतिविधि नेकपा एमाले को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भई कारबाही गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ ।
हेर्नुहोस् माधवकुमार नेपालले बुझाएको स्पष्टीकरण पत्र


















अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया