सभामुखले दिए नेपालका लागि पाकिस्तानी राजदूतलाई कार्यकालकाे शुभकामना

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत शैयद हैडेर शाहबीच बिहीबार शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शैयदलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ वर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको उल्लेख गर्दै दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गरेका थिए ।
संघीय संसदमा नेपाल–पाकिस्तान संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै उनले दुई देशका संसद–संसदबीचको सम्बन्धलाई थप विकास, विस्तार र सुदृढीकरण गर्दै दुवै देशको समृद्धिकाे सम्भावना खोज्दै अघि बढ्न सकिने बताएका थिए ।
भेटमा राजदूत शैयदले आफ्नो कार्यकालमा नेपालमा व्यापार लगायतका क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाली नेतृत्वले दक्षिण एशियाली सहयोग संगठन सार्कको स्थापनाकालदेखि नै अवलम्बन गरिरहेका विषय प्रशंसनीय रहेको चर्चा गर्दै उनले सार्कका माध्यमबाट बहुपक्षीय सम्बन्धका साथै क्षेत्रीय शान्ति र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।


















अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया