दक्षिणकाली मन्दिर परिसमा क्युआरकोड भुक्तानी प्रणाली

काठमाडाैं । भुक्तानी प्रणालीलाई सहज बनाउँदै लगेका बैंक तथा वित्तीय संस्थाले आम मानिसको बढी उपस्थिति हुने क्षेत्रमा थप सेवा विस्तार गरेका छन् । सोही क्रममा आज सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्युआर भुक्तानी सेवा शुरु गरेको छ ।
दक्षिणकाली मन्दिर परिसरको बजारमा क्युआर कोड भुक्तानी कारोवारको आज नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले शुरुआत गरे । उपभोक्ता तथा भक्तजनले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलमा पूजा सामग्री, चिया नास्ता तथा अन्य सामग्रीको खरीद रकमको भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकको सहजताका लागि बैंकले मन्दिर परिसरमा निःशुल्क वाइफाइ सुविधासमेत उपलब्ध गराएको छ । ग्राहकले दक्षिणकाली मन्दिर परिसरमा रहेका अधिकांश पसलमा क्युआर कोडबाट क्युआर पेमेन्ट सुविधा लिनसक्ने बैंकले जनाएको छ । सनराइज बैंक र दक्षिणकाली क्षेत्र विकास समितिको सहकार्यमा मन्दिर परिसरमा क्युआर कोडमार्फत भुक्तानी कारोवारको शुरुआत गरिएको हो ।
क्युआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेल, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्त तामाङ, दक्षिणकाली क्षेत्र विकास समितिका अध्यक्ष शङ्करमान महर्जन, सनराइज बैंकका सञ्चालक शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मालगायतको उपस्थिति थियो ।
नगद तथा कार्ड प्रयोगको विकल्पमा क्युआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोवारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ता यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन् । डिजिटल कारोवारलाई प्रश्रय दिन र क्यासलेस कारोवारलाई बढावा दिनका लागि सनराइज बैंकले क्युआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ ।
















एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
प्रतिक्रिया