जिइले पायो नेपालको ग्रीड पूर्वाधारको स्तरोन्नति गर्ने जिम्मा

काठमाडौं । जिइले नेपालमा ३ वटा ४ सय किलो भोल्टको ग्यास इन्सुलेटेड सब–स्टेशनहरु (जिआइएस) निर्माणको ठेक्का पाएको छ । नेपाल विद्युत प्राधिकरणद्वारा ठेक्का स्वीकृत गरिएको विद्युत प्रसारण एवं वितरण परियोजना एशियाली विकास बैंक र नेपाल सरकारको लगानीमा संचालित नेपाल दक्षिण एशिया उप–क्षेत्रीय आर्थिक सहयोग(सासेक) अन्तर्गतको आयोजना हो ।
यस आयोजनाको लक्ष्य देशको ग्रीड प्रणालीमा करिब १ हजार मेगावाट्स (एमडब्लु) नवीकरणीय ऊर्जा थप गरी नेपालको विद्युत प्रसारण क्षमता अभिवृद्धि गर्ने र लाखौं घर परिवारलाई बिजुलीको पहुँचमा ल्याउने रहेको छ ।
जिइ रिन्युएबल इनर्जीज् ग्रीड सोलुसन्स बिजनेस (एनवाइएसइजिइ) ले नेपालको खिम्ती, बाह्रबिसे र लप्सीफेदीमा अवस्थित ३ वटा ग्यास–इन्सुलेटेड सब–स्टेशनहरु –जिआइएस) स्तरोन्नति गर्ने सम्बन्धी अर्बौं रुपैयाँको ठेक्काको जिम्मा आफूले प्राप्त गरेको जानकारी गराएको छ । यी आधुनिक सब–स्टेशनहरुले नेपालको विभिन्न ठाउँमा रहेका लाखौं घर परिवारहरु जसले अहिलेसम्म बिजुलीको उपभोग गर्ने अवसर प्रदान गर्नेछन् । नेपाल विद्युत प्राधिकरणद्वारा जिइद्वारा प्रस्तुत प्रस्ताव उपर स्वकिृती प्रदान गरेको हो ।
जिइले स्तरोन्नति गर्ने जिम्मा पाएको ३ वटा जिआइएस सब–स्टेशनहरुको क्षमता २ सय २० किलो भोल्ट (केभि) बाट ४ सय ४० किलो भोल्ट(केभि) बनाउने रहेको छ, जुन नेपाल दक्षिण एशिया उप–क्षेत्रीय आर्थिक सहयोग(सासेक) विद्युत प्रसारण एवं वितरण परियोजनाको एक महत्वपूर्ण हिस्सा हो । यस आयोजनाले नेपाललाई छिमेकी मुलुकहरुसँग बढी भएको बिजुलीको व्यापार गर्न पनि समर्थ बनाउनेछ ।
परियोजनाको नेतृत्व नेपाल विद्युत प्राधिकरणले गर्नेछ र लगानी एशियाली विकास बैंक र नेपाल सरकारको रहनेछ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले यो परियोजना नेपालको सम्पूर्ण भूभागमा दिगो, भरपर्दो एवं सर्वसुलभ बिजुली उपलब्ध गराउने हाम्रो लक्ष्यलाई पूरा गर्ने दिशाको एक महत्वपूर्ण कदम रहेको बताए ।

















विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
सर्लाहीवासीलाई रविले भने – काठमाडौँबाट आएर मधेशको बेटा हुँ भन्नेलाई रोक्नुस्
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया