जिइले पायो नेपालको ग्रीड पूर्वाधारको स्तरोन्नति गर्ने जिम्मा

काठमाडौं । जिइले नेपालमा ३ वटा ४ सय किलो भोल्टको ग्यास इन्सुलेटेड सब–स्टेशनहरु (जिआइएस) निर्माणको ठेक्का पाएको छ । नेपाल विद्युत प्राधिकरणद्वारा ठेक्का स्वीकृत गरिएको विद्युत प्रसारण एवं वितरण परियोजना एशियाली विकास बैंक र नेपाल सरकारको लगानीमा संचालित नेपाल दक्षिण एशिया उप–क्षेत्रीय आर्थिक सहयोग(सासेक) अन्तर्गतको आयोजना हो ।
यस आयोजनाको लक्ष्य देशको ग्रीड प्रणालीमा करिब १ हजार मेगावाट्स (एमडब्लु) नवीकरणीय ऊर्जा थप गरी नेपालको विद्युत प्रसारण क्षमता अभिवृद्धि गर्ने र लाखौं घर परिवारलाई बिजुलीको पहुँचमा ल्याउने रहेको छ ।
जिइ रिन्युएबल इनर्जीज् ग्रीड सोलुसन्स बिजनेस (एनवाइएसइजिइ) ले नेपालको खिम्ती, बाह्रबिसे र लप्सीफेदीमा अवस्थित ३ वटा ग्यास–इन्सुलेटेड सब–स्टेशनहरु –जिआइएस) स्तरोन्नति गर्ने सम्बन्धी अर्बौं रुपैयाँको ठेक्काको जिम्मा आफूले प्राप्त गरेको जानकारी गराएको छ । यी आधुनिक सब–स्टेशनहरुले नेपालको विभिन्न ठाउँमा रहेका लाखौं घर परिवारहरु जसले अहिलेसम्म बिजुलीको उपभोग गर्ने अवसर प्रदान गर्नेछन् । नेपाल विद्युत प्राधिकरणद्वारा जिइद्वारा प्रस्तुत प्रस्ताव उपर स्वकिृती प्रदान गरेको हो ।
जिइले स्तरोन्नति गर्ने जिम्मा पाएको ३ वटा जिआइएस सब–स्टेशनहरुको क्षमता २ सय २० किलो भोल्ट (केभि) बाट ४ सय ४० किलो भोल्ट(केभि) बनाउने रहेको छ, जुन नेपाल दक्षिण एशिया उप–क्षेत्रीय आर्थिक सहयोग(सासेक) विद्युत प्रसारण एवं वितरण परियोजनाको एक महत्वपूर्ण हिस्सा हो । यस आयोजनाले नेपाललाई छिमेकी मुलुकहरुसँग बढी भएको बिजुलीको व्यापार गर्न पनि समर्थ बनाउनेछ ।
परियोजनाको नेतृत्व नेपाल विद्युत प्राधिकरणले गर्नेछ र लगानी एशियाली विकास बैंक र नेपाल सरकारको रहनेछ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले यो परियोजना नेपालको सम्पूर्ण भूभागमा दिगो, भरपर्दो एवं सर्वसुलभ बिजुली उपलब्ध गराउने हाम्रो लक्ष्यलाई पूरा गर्ने दिशाको एक महत्वपूर्ण कदम रहेको बताए ।









दल दर्ताको समय चार दिन थपियो
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया