साझा यातायातद्धारा ४० बिजुली बस खरिदका लागि टेण्डर आवहन

काठमाडौं । साझा यातायातले विद्युतीय बस खरिद गर्न आज शुक्रबार प्रक्रिया अघि बढाएको छ । यातायातको वेभसाईट () मा जारी गरिएको सूचनामा २ करोड १० लाख रुपैयाँ बराबरको ४० वटा बिजुली बस खरिदका लागि टेण्डर निकालेर प्रक्रिया अघि बढाएको उल्लेख छ । सो टेण्डरमा ४५ दिनको आवेदन समयसीमा रहेको छ । पहिलो चरणमा ४० वटा बस किनेर काठमाडौं उपत्यकामा संचालन गर्न लागिएको साझा यातायातले जनाएको छ ।
सरकारले ९ मिटर लामो बस खरिद गर्नुपर्ने ताकेकोले सोही अनुसार बिजुली बस खरिद गर्न लागेको साझा यातायातको भनाई छ । २५ सिट क्षमताको बिजुली बसमा सीसी टीभी क्यामेरा, डिस्प्ले बोर्ड, मोबाइल चार्ज गर्ने प्वाइन्ट लगायतका सुविधा हुनेछन् । पहिलो चरणमा ९ मिटरको बस खरिद गर्न लागिएको भए पनि दोस्रो चरणमा १२ मिटरका बस खरिद गर्ने साझाको तयारी छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेयर वापतको ३ सय करोड रुपैयाँबाट बस खरिद गर्न लागिएको साझाले जनाएको छ । बस खरिदको बजेट साझालाई दिएर पनि एक वर्ष अघि सरकारले एकाएक ब्याजसमेत तान्न ताकेता गरेको थियो । साझालाई नै बिजुली बस किन्न सरकारले फेरि पैसा दिने निर्णय गरेसँगै बस खरिद प्रक्रिया अघि बढेको हो ।














सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया