सुत्केरी भएपछि श्रीमानले छाडेकी विनितालाई सहयोग जारी

काठमाडाैं । सहयोग प्राप्त भएपछि काठमाडौँ काँडाघारी बस्ने ओखलढुङ्गाकी विनिता भूलेलको मुहारमा कान्ति छाएको छ । सुत्केरी भएको २१ दिनमा श्रीमानले छाडेर गएपछि उनी समस्यामा परेकी थिइन् । विभिन्न क्षेत्रबाट सहयोग आउन थालेपछि उनकाे दैनिक गर्जाे टर्दै गएको छ भने पुराना ऋणसमेत चुक्ता गर्न थालेकी छिन् ।
अझ पढ्न छाडेकी १२ वर्षकी छोरी नुनिशालाई उच्च शिक्षा पढाउन दाता तयार भएपछि आमा-छोरी नै निक्कै खुशी देखिन्छन् । स्वदेश र विदेशबाट आएको आर्थिक सहयोग ग्रहण गर्दै विनिताले भनिन्, “श्रीमानले छाडेपछि विचल्लीमा परेको थिएँ, तपाईंहरुले ठूलो सहयोग गर्नुभयो, कहिल्यै बिर्सिने छैन, धेरैधेरै धन्ययाद ।”
उनले छोरीलाई उच्च शिक्षासम्मै पढाइदिने खबर सुनेर झन् हर्षित भएको प्रतिक्रिया दिइन् । काँडाघारीस्थित उनको कोठामा पुगेर सहयाेगी टोलीले शुक्रबार स्वदेश र विदेशबाट प्राप्त नगद ३० हजार १७६ रूपैयाँ र केही लत्ताकपडा तथा सुत्केरीका लागि चाहिने सामग्री हस्तान्तरण गरेको थियो ।
उनलाई अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई हाल अमेरिकाको कोलोराडो बस्ने सामाजिक अभियन्ता सरिता गुरुङले १० हजार रूपैयाँ सहयोग गरेकी हुन् । उनकै समन्वयमा पोखरा घर भई हाल मलेसियामा व्यवसाय गर्ने सपना गुरुङले १० हजार रूपैयाँ र सिन्धुपाल्चोक हेलम्बु घर भई हाल अमेरिकाको नर्थ क्यारोलिना बस्ने छेतेन हेल्मो ग्रेडीले ६ हजार १७६ रूपैयाँ सहयाेग गरेका हुन् ।
यस्तै सुनसरीस्थित नेपाल विद्युत प्राधिकरण दुहवी वितरण केन्द्रमा कार्यरत पारु लुइँटेलले पनि उनको एक महिना बराबरको कोठा भाडाबापत लाग्ने ४ हजार रूपैयाँ सहयोग गरिन् । शुक्रबारै काठमाडौँको पेप्सीकोला बस्ने चार महिनाकी सुत्केरी सोनु गुरुङले लत्ताकपडा, सुत्केरीका लागि चाहिने सामग्री, खानेकुरा र सरसफाइसम्बन्धी सामग्री सहयोग गरेकी छिन् । प्राप्त सहयोग आजै हस्तान्तरण गरिएको थियो ।
चौध वर्षअघि प्रेम विवाह भएकामा अहिले विनिता २१ दिनको सुत्केरी हुँदा उनलाई छाडेर श्रीमान् देवकुमार कहाँ गए कसैलाई थाहा छैन । उनले अर्कै महिला लिएर भागेको विनिताको आरोप छ । उनले गएको फागुन २० देखि श्रीमान् घरबाट निस्किएको र २९ गतेदेखि सम्पर्कविहीन भएको बताइन् ।
















Indonesia landslide death toll rises to 34, dozens missing
National Assembly election report presented to President Paudel
अर्को समुद्री युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ :ट्रम्प
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया