नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
मेरोन्यूज
२०८३ वैशाख २१ गते १९:२९

काठमाडौँ । चीनको हाइनान ओपन अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन् ।
नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जितेका छन् ।
भिजनले व्यक्तिगत पुम्सेको १९ वर्षमुनि उमेर समूहमा स्वर्ण जितेका हुन् । उनले ४९ केजी तौल समूहमा अर्को स्वर्ण जित्न सफल भए ।
त्यस्तै आयुष बोहराले स्वर्णसहित कास्य पदक हात पारे । ब्रेकिङ इभेन्टमा स्वर्ण जितेका आयुशले व्यक्तिगत पुम्सेमा भने कास्यमा सीमित भए । सन्दीप बस्नेतले ब्रेकिङमा स्वर्ण प्राप्त गरे । प्रतियोगिता मे २ देखि ४ तारिखसम्म चीनको सान्यामा भएको हो ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया