समृद्ध मुलुकका लागि महासंघले भिजन पेपर सार्वजनिक गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले वस्तुगत संघहरू महासंघको ‘ब्रेन’ का रुपमा रहेको बताएका छन् । महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकमा उनले आफूहरु मुलुक समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत संघबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको बताए ।
अध्यक्ष गोल्छाले महासंघको भिजन पेपर यही चैत २८ गते सार्वजनिक गरिने र भिजन पेपरले दिएका सुझाव कार्यान्वयनका लागि एक संयन्त्र बनाइने पनि बताए । निजी क्षेत्रले सधैँ सतही सुझाव मात्र दिन्छन् भन्ने आरोपलाई भिजन पेपरले गलत सावित गरिदिने उनको भनाइ थियो ।
अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने पनि दाबी गरे । बैठकले परिषद्का काम कर्तव्यलाई प्रभावकारी बनाई कार्य गर्न उद्योग, सेवा, कृषिलगायत महत्वपूर्ण क्षेत्रलाई समेट्ने गरी विभिन्न उपसमूह बनाउने, वस्तुगत संघबाट क्षेत्रगतरुपमा सुझाव संकलन गरी सरकारमा पेश गर्न छिट्टै एक बृहद छलफल आयोजना गर्ने र परिषद्का आगामी कार्ययोजना छिट्टै तयार गर्ने निर्णय गरेको छ ।












कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएनन् गगन-विश्व
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
प्रतिक्रिया