सर्लाहीवासीलाई रविले भने – काठमाडौँबाट आएर मधेशको बेटा हुँ भन्नेलाई रोक्नुस्
मेरोन्यूज
२०८२ फागुन १३ गते १८:४७

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै काठमाडौंबाट आएर मधेशको बेटा हुँ भन्नेलाई रोक्नुपर्ने बताएका छन् ।
बुधबार सर्लाहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले काठमाडौंबाट आएर मधेशको बेटा बन्नेलाई रोक्ने जिम्मा सर्लाहीवासीको भएको बताए।
सर्लाही–४ मा आफ्नो पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले जित्ने उनले दाबी गरे ।‘मलाई थाहा छ यहाँ अमरेशजीले जित्नुहुन्छ। तर, यदि अमरेशजी नभएको भए पनि यो ठाउँमा एउटा मधेसको मान्छेले जित्थ्यो। तर, कोही काठमाडौंबाट यहाँ आएर मधेसको बेटा हुँ भनेर अहिले नयाँ ठाउँ लिने जुन प्रयास भएको छ, यस पटक त्यसलाई ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईंको हो’ लामिछानेले भने ।
सम्बन्धित
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया