टेलिकमले पारित गर्याे प्रतिशेयर ४० रुपैयाँ लाभांश

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ बाट शेयरधनीलाई नगद लाभांश दिने भएको छ । टेलिकमको आज शुक्रबार सम्पन्न १३ औं वार्षिक साधारणसभाले शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको हाे ।
सञ्चालक समितिले प्रस्ताव गरेअनुसार प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले अनुमोदन गरेको छ । साधारणसभाले कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्नेगरी अम्बिकाप्रसाद पौडेललाई सञ्चालक सदस्यमा चयन गरेको छ ।
नवनिर्वाचित सञ्चालक सदस्य पौडेलले आफूलाई सञ्चालक पदमा निर्वाचित गराई कार्य गर्ने अवसर दिएकामा सम्पूर्ण सर्वसाधारण शेयरधनी र कर्मचारी शेयरधनीप्रति आभार व्यक्त गरे । उनले शेयरधनीलाई उचित प्रतिफल, कर्मचारीलाई उचित प्रोत्साहन र दूरसञ्चार सेवालाई अझै सर्वसुलभ तथा गुणस्तरीय बनाउन काम गर्ने प्रतिबद्धता जनाए ।

















विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
सर्लाहीवासीलाई रविले भने – काठमाडौँबाट आएर मधेशको बेटा हुँ भन्नेलाई रोक्नुस्
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
प्रतिक्रिया