वडाध्यक्षको मृत्यु
मेरोन्यूज
२०७७ चैत १४ गते ७:४७

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो ।
“घाटीमा मासु अड्केर बेहोस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “उपचारका क्रममा राति मृत्यु भयो ।” उनले शव परीक्षणपछि मृत्युबारे विस्तृत जानकारी हुनेसमेत बताए ।
शव महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । (रासस)
सम्बन्धित
















पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया