जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख्दै नीति बन्नुपर्नेमा जोड दिनुभएको छ ।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज हेटौँडामा आयोजित प्रदेश तथा स्थानीय शासन सबलीयकरणसम्बन्धी नीति संवाद कार्यक्रममा उनले प्रदेशमा जबसम्म नीति कार्यक्रमलाई दिगो र प्रभावकारी तुल्याउने क्रममा राष्ट्रसेवक कर्मचारीहरूको इमान्दारी र कार्यान्वयन गर्ने इच्छा शक्ति प्रबल हुनुपर्ने बताए।
उक्त नीति संवाद कार्यक्रममा सुशासनविज्ञ उमेशप्रसाद मैनालीले सङ्घीय सुशासन र सुधारको मार्गचित्र र अर्का विज्ञ डा नहकुल सुवेदीले नीति, योजना, बजेट, कार्यक्रम तर्जुमा र कार्यक्रम कार्यान्वयनका आधारभूत चुनौतीहरू एवम् समाधानका बारे छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरू, प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रदेशसभाका विभिन्न समितिका सभापतिहरू, प्रदेशसभाका सदस्य तथा विभिन्न मन्त्रालयका सचिवहरू सहभागी थिए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया