नेता जोशीको अन्तिम श्रद्धाञ्जलिमा भावबिहोल बन्यो सानेपा (तस्बिरसहित)
जुली गिरी

काठमाडौं । शुक्रबार राति निधन भएका कांग्रेस नेता नवीन्द्रराज जोशीको अन्तिम श्रद्धाञ्जलि दिन कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । । कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

त्यसैगरी,श्रद्धाञ्जलि दिन कांग्रेसका विमललेन्द्र निधि, ेकपा माओबादीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड,नेकपा एमाले पार्टीका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदिप ज्ञवाली लगायतका नेताहरुको श्रद्धाञ्जलि दिन कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेका थिए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको आकस्मिक बैठकले नवीन्द्रराज जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले यही चैत १५ देखि १७ गतेसम्म तीन दिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

जोशी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरु गरेका थिए । जोशी त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिव समेत भएका थिए । उनी नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह–महामन्त्री र महामन्त्री बनेका थिए ।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौं ।

जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्ष पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा प्रवेश गरेका थिए ।
नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गरेका जोशी २०४९ सालमा काठमाडौं महानगरको उपमेयर भएका थिए ।

जोशीले २०५२ सालमा गणेशमान सिंहको जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोले र गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्र समेत निर्माण गरेका थिए । जोशी नेपाली कांग्रेस काठमाडौंका सचिव भएर काम गरेका जोशी २०४९ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयर भएर काम गरेका थिए ।

काठमाडौं क्षेत्र नम्बर ८ बाट दुईपटक संविधानसभामा सदस्य निर्वाचित भएका जोशी जनतासँगको सम्बन्धबाट सधैं प्यारो नेताको पहिचान समेत बनाएका थिए । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि जोशीलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । उपचारका क्रममा गएराति निधन भएको हो । स्वर्गिय जोशीका एक छोरी र श्रिमति रहेछन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया