प्रहरीमा एउटै पदमा छ वर्ष रहि अवकाश जाँदा स्वतः बढुवा

काठमाडौँ । नेपाल प्रहरीमा आफ्नो सेवा अवधी पुरा गरी अवकाश जाने कर्मचारी एउटै पदमा बहाल रहेको सेवा अवधी छ वर्ष पुरा भएमा अवकाशको क्रममा एक महिनाअघि स्वतः एक तह बढुवा हुने भएको छ ।
यसअघि बहाल रहेको पदमा १२ वर्ष सेवा अवधी पुगेकाको हकमा मात्रै अवकाशमा जाँदा एक तह बढुवा रहने प्रावधान प्रहरी नियमावलीमा रहेकोमा त्यसलार्ई संसोधन गरी आधा कम गरी अर्थात छ वर्षमा स्वतः बढुवाको प्रावधान राख्न लागिएको हो ।
प्रहरी प्रधान कार्यालयले ‘एउटै पदमा कम्तीमा छ वर्ष बहाल रहिरहेका र अनिवार्य अवकाश हुन एक महिना बाँकी भएमा निजलाई एक श्रेणी वा तह माथिको पदमा बढुवा गरिने तथा त्यसरी बढुवाहुनेहरुका लागि विशेष पद सृजना गरिने र सो कर्मचारी अवकाश भएसँगै सो पदपनि स्वत खारेज हुने’ प्रावधान सहितको व्यवस्था प्रहरी नियमावलीमा परिवर्तन गर्न सिफारीस गरेको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।
यस्तो सुविधा उपरीक्षकको हकसम्म मात्रै हु्नेछ । प्रधान कार्यालयको सो सिफारीस गृहमन्त्रालयमा पठाएकोमा गृहमन्त्रालयबाट स्विकृत भई सहमतिका लागि कानुन न्याय तथा संसदिय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाईएको छ । कानुन र अर्थ मन्त्रालयबाट सहमती भई आएलगत्तै गृहले सो सम्बन्धी प्रस्ताव मन्त्रीपरिषदमा पठाउने छ ।
मन्त्रीपरिषदबाट स्विकृत भएमा प्रहरी नियमावली संसोधन भई अव अवकाश जाँदा प्रहरी कर्मचारीले छ वर्षमै स्वतः बढुवा पाउनेछन् । सशस्त्र प्रहरी बलमा बलको नियमावलीले २०७२ सालमै पाँच वर्षमा त्यस्तो बढुवा हुने प्रावधान राखी कार्यान्वयनमा आईरहेकोमा नेपाल प्रहरीमा भने हाल त्यस्तो अवधी १२ वर्ष रहेको छ ।















यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया