अफगानिस्तानमा सैनिक कारबाही, ६ लडाकू मारिए
मेरोन्यूज
२०७७ चैत १५ गते १७:४१

जलालाबाद । अफगानिस्तानमा बम बनाउने कार्यमा संलग्न छ जना विद्रोही सेनाको कारबाहीमा मारिएका छन् ।
सैनिक अधिकारीहरूका अनुसार पूर्वी नान्घरहर राज्यमा शनिबार राति गरिएको कारबाहीमा एक लडाकू मारिएका थिए । उनी इस्लामिक स्टेट समूहका लडाकू पनि रहेका थिए ।
अफगानिस्तानमा सक्रिय विद्रोहीहरूले घरेलु बारुदी सुरुङ (आइइडी) निर्माण गरी सुरक्षा फौजलाई लक्षित गर्ने गरेका छन् ।
यी हतियारको जथाभावी प्रयोगले सर्वसाधारणको पनि ज्यान जाने गरेको छ ।
यस्तै, दक्षिण हेल्मन्ड प्रान्तमा तालिबान समूहमा आबद्ध पाँच जना लडाकू माएिका छन् । नवा जिल्लामा तालिबान समूहलाई लक्षित गरी भएको आक्रमणमा ठूलो परिमाणमा हातहतियार र सवारी साधन सेनाले ध्वस्त बनाएको छ ।
तर उक्त सैन्य कारबाहीका बारेमा दुबै लडाकू समूहले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
सम्बन्धित
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
प्रतिक्रिया