बिहीबार, वैशाख ३, २०८३

बागलुङ हत्याकाण्ड

बागलुङ घटनाको छानबिन गर्न कांग्रेसको माग

मेरोन्यूज २०७७ चैत १६ गते १२:१६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले होली खेल्ने क्रममा बागलुङकै बडिगाड गाउँपालिका १० दर्लिङमा भएको घटनाको छानबिन गर्न माग गरेको छ । सोमबार कांग्रेस प्रवक्ता विश्व प्रकास शर्माले एक विज्ञप्ति जारी गदै अमानवीय घटना घटाउने दोषीलाई तत्काल पक्राउ पक्राउ गरी अविलम्ब छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ,” विज्ञप्तिमा भनिएको छ, “यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ।”

घटनामा मारिएका प्रकाश कुँवर कांग्रेसका जिल्ला सदस्य हुन् भने दीपक नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।

‘दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ,” शर्माले विज्ञप्तिमा भनेका छन्, “प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।”

कांग्रेसका अनुसार घटनाको वास्तविक विवरण लिन कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्वसभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थल गएको छ ।

प्रतिक्रिया