अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख

अस्ट्रेलियाको १२५ वर्ष लामो सैनिक इतिहासमा पहिलोपटक एक महिलाले सेनाको नेतृत्व सम्हाल्ने भएकी छन् । सरकारले यसलाई ‘गहिरो ऐतिहासिक क्षण’ भन्दै औपचारिक घोषणा गरेसँगै देशको रक्षा संरचनामा नयाँ अध्याय सुरु भएको छ ।
रक्षामन्त्री रिचर्ड मार्लेसले लेफ्टिनेन्ट जनरल सुसान कोयललाई अस्ट्रेलियाली सेनाको प्रमुखमा नियुक्त गरिएको जानकारी दिए । करिब तीन दशक लामो सैनिक करियर बनाएकी कोयलले सोलोमन टापु, अफगानिस्तान र मध्यपूर्वमा सेवा गर्दै व्यापक अनुभव हासिल गरेका छन् । उनको नियुक्तिले अस्ट्रेलियाको इतिहासमा कुनै पनि सैन्य सेवाको नेतृत्व गर्ने पहिलो महिलाको रूपमा नयाँ मापदण्ड स्थापित गरेको छ ।
मार्लेसका अनुसार यो नियुक्ति केवल व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण संस्थागत परिवर्तनको प्रतीक हो । “यो गहिरो ऐतिहासिक क्षण हो”, उनले भने, “जसले भावी पुस्ताका लागि सम्भावनाको ढोका खोल्छ ।” उनले कोयलको भनाइ उद्धृत गर्दै ‘तपाईंले नदेखेको कुरा बन्न सक्नुहुन्न’ भन्ने सन्देशले यस नियुक्तिको महत्त्व झल्काउने बताए ।
अस्ट्रेलियाली सेना अहिले व्यापक रूपान्तरणको चरणमा छ । लामो दूरीका आक्रमण क्षमतादेखि ड्रोन प्रविधि र आधुनिक युद्ध प्रणालीसम्ममा केन्द्रित हुँदै सेनाले आफ्नो संरचना अद्यावधिक गरिरहेको छ । यस्तो परिवर्तनको नेतृत्व गर्न कोयलको अनुभव महत्त्वपूर्ण मानिएको छ ।
आफ्नो नियुक्तिपछि कोयलले आधुनिक युद्धका नयाँ आयामहरू, विशेषगरी साइबर युद्ध जस्ता क्षेत्रमा आफूले काम गरेको अनुभव उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । “विविध अनुभवले मलाई यो जिम्मेवारी सम्हाल्न बलियो आधार दिएको छ”, उनले भने ।
यो नियुक्तिलाई लैङ्गिक समानता र समावेशी नेतृत्वतर्फको महत्त्वपूर्ण कदमका रूपमा पनि हेरिएको छ । अस्ट्रेलियाली सेनामा परम्परागत रूपमा पुरुष वर्चस्व रहँदै आएको अवस्थामा कोयलको उदयले संस्थागत संस्कृतिमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरि एको छ ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
प्रतिक्रिया