भारतमा एकै दिन थपिए ६८ हजार काेराेना संक्रमित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा गत अक्टोबर यता एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा सक्रिय संक्रमितको संख्या पनि पाँच लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा २९१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । महाराष्ट्रमा मात्र पछिल्लो २४ घण्टामा कोरोनाका ४० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा ३५ हजार ४९८ सक्रिय संक्रमित थपिएका हुन् । भारतमा कोरोना संक्रमितको समग्र संख्या पनि एक करोड २० लाख नाघेको छ । भारत कोरोना संक्रमित संख्याको आधारमा अमेरिकापछि दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । अहिलेसम्म भारतमा एक लाख ६१ हजारभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया