शुक्रबार, वैशाख २५, २०८३

उपराष्ट्रपति यादव स्वागत समारोहमा

मेरोन्यूज २०८३ वैशाख २५ गते २१:३३

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भिरोनिक लरेन्जोले आज साँझ ललितपुरमा आयोजना गरेको विशेष स्वागत समारोहमा सहभागी भए ।

Advertisement
NiccNicc

त्यस अवसरमा राजदूत लरेन्जोले ५२ वर्ष पुरानो इयू र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताए । शिक्षा र सीप विकासका माध्यमबाट नेपाली युवालाई रोजगारीका अवसर सृजना गर्न इयूले सक्दो सहयोग गर्ने उनले बताए ।

नेपालको सामाजिक–आर्थिक विकासका साथै जलवायु परिवर्तनका प्रभाव घटाउन इयूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता राजदूत लरेन्जोले व्यक्त गरे।

समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, उद्योगपति–व्यापारीका साथै वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया