ओलीले निलम्बन गरेपछि माधव नेपालको प्रारम्भिक प्रतिक्रिया
‘मलाई कुन पार्टीबाट निकालेको ? ओलीको पार्टीबाट ?’

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेपछि नेता नेपालले आफूलाई कारवाही गर्ने अधिकार प्रधानमन्त्री केपी ओलीसँग नभएको प्रतिक्रिया दिएका छन् ।
कारवाहीबारे आफुलाई कुनै जानकारी नभएको भन्दै नेता नेपालले आफुलाई कारवाही गरिएको बारे हाँस्दै मेरो न्यूजसँगको कुराकानीमा भने,-‘ओलीले मलाई हटाएकाबारे मलाई जानकारी छैन । मलाई कुन पार्टीबाट उहाँले हटाउनुभयो, ओलीको पार्टीबाट ? मलाई एमालेबाट निलम्बन गर्ने उहाँलाई कुनै अधिकार नै छैन । उहाँ के एमालेको अध्यक्ष हो र ? उहाँ एमालेको अध्यक्ष नै होइन ।’
पार्टी विधान विपरित गतिविधि गरिरहेको र पार्टी केन्द्रीय समिति नै विघटन गरेका ओलीलाई आफूमाथि कारवाहीको अधिकार नभएको नेता नेपालको भनाइ थियो ।
‘उहाँ अहिले एमालेको एउटा गुटको अध्यक्ष मात्र हो। एउटा गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न सक्दैन, त्यसकारण यो कारवाही वा निलम्बनको कुनै अर्थ छैन।’ नेता नेपालले भने ।
देशब्यापी ओली प्रवृतिका विरुद्द अभियान नै चलाउने पनि नेता नेपालको भनाई छ । प्रधानमन्त्री ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न नेपालले नेता कार्यकर्तालाई आह्वान समेत गरे ।
ओली असाध्यै असहिष्णु भएको भन्दै उनले ओलीको निर्णय निरंकुश र तानाशाही खालको भएको टिप्पणी पनि गरे ।
ओलीले कारवाही गरेको पत्र अगाडी मात्रै नेपाल र रावलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।















इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
इराकस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया