त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने
मेरोन्यूज
२०७७ चैत १७ गते १९:१९

काठमाडाैं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।
एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै विजेतालाई पुरस्कार दिने घोषणा गरेको हो । दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियाे ।
नेपालका लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गरेका थिए । बङ्गलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्याे भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ ।
सम्बन्धित


















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
सल्यानमा जन्ती बोकेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
प्रतिक्रिया